कब्बडी प्रतियोगिता भोलिदेखि, १० टिमको सहभागिता रहने

काठमाडाैं | असोज २९, २०७९

कब्बडी प्रतियोगिता भोलिदेखि, १० टिमको सहभागिता रहने तस्बिर फाइल

पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबारदेखि कब्बडी प्रतियोगिता शुरु हुने भएको छ । पोखरा १२ माटेपानीस्थित एसआर केसी क्याटरीङमा प्रतिष्पर्धा शुरु हुने भएको हो ।

 

लिग कम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताको आइतबार बिहान ८ बजे युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्ने नेपाल कब्बडी संघका केन्द्रिय अध्यक्ष विनोद प्रजापतीले जानकारी दिए ।

 

उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेश सहित सात प्रदेश र तीन विभागिय गरि १० टिमले महिला÷पुरुष विधामा सहभागिता जनाउने छन् ।

 

प्रतियोगिता अन्र्तगत आइतबार बिहान ९ बजेबाट महिला र पुरुषतर्फ २–२ टोलीविच प्रतिस्पर्धा हुने छ । भने दिउँसो २ बजेपछि महिला तथा पुरुषको ३–३ समुहविच खेल खेलाइने गरि तालिका मिलाइएको छ ।

 

प्रतियोगितामा महिला तथा पुरुष गरि १० वटा समुहका २४० जना खेलाडी पोखरामा छन् । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्